सोमबार, असार २,२०८२ 03:41:09
  • सोमबार, असार २,२०८२ 03:41:09
Global IME Bank Limited

सन नेपाल लाइफको खुद नाफा २६.५३% ले घट्यो, सेयर प्रिमियम शीर्षकमा १.२६ अर्ब सञ्चित

Hyundai Nepal
सन नेपाल लाइफको खुद नाफा २६.५३% ले घट्यो, सेयर प्रिमियम शीर्षकमा १.२६ अर्ब सञ्चित
Nabil Bank Limited

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्ममा ५७ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोहि अवधिको तुलनामा २६.५३ प्रतिशतले कम हो । अघिल्लो आवको चौथो त्रैमाससम्ममा कम्पनीले ७८ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।    

कम्पनीको खुद बीमाशुल्क आम्दानी भने १५.७८ प्रतिशतले बढेको छ । चौथो त्रैमाससम्म कम्पनीले ३ अर्ब ४५ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीले २ अर्ब ९८ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै, समिक्षा अवधिसम्म कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत ८४ करोड ९५ लाख रुपैयाँ,अन्य प्रत्यक्ष आम्दानीबाट १ करोड ६८ लाख र बीमितलाई प्रदान गरिएको कर्जाबाट ६ करोड ९४ लाख २ करोड रुपैयाँबराबरको आम्दानी गरेको छ । कम्पनीको कुल आम्दानी ३ अर्ब ८९ करोड रुपैयाँबाट बढेर ४ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ ।  

त्यस्तै समीक्षा अवधिमा कम्पनीले २ अर्ब ८४ करोड ६९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। जुन अघिल्लो आवको तुलनामा १०.५९ प्रतिशतले धेरै हो । अघिल्लो वर्षको सोही अवधिमा यो रकम २ अर्ब ५७ करोड ४३ लाख रुपैयाँ थियो।

कम्पनीले समीक्षा अवधिसम्म ३ अर्ब ८७ करोड ९१ लाख रुपैयाँबराबरको कुल खर्च गरेको छ। अघिल्लो आवसम्म कम्पनीको कुल खर्च ३ अर्ब ४४ करोड ८९ लाख रुपैयाँ थियो। कम्पनीको महाविपत्ती कोषको आकार १५ करोड ७ लाख रुपैयाँबराबर रहेको छ । रिटेन्ड अर्निङका रुपमा ५० करोड २० लाख रुपैयाँ सञ्चित गरेको कम्पनीले सेयर प्रिमियम शीर्षकमा १ अर्ब २६ करोड रुपैयाँ छुट्टाएको छ ।  

कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) घटेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म ३४.९४ रुपैयाँ रहेको ईपीएस घटेर १४.५१ रुपैयाँमा खुम्चिएको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १५७.८७ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३५६.०२ रुपैयाँ र पीई अनुपात ३५.२३ गुणा कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.