आईतवार, आश्विन ६,२०८१ 03:09:11
IME remit
  • आईतवार, आश्विन ६,२०८१ 03:09:11
IME remit
Global IME Bank Limited

कारबाहीबाट बच्न सन–नेपालले कर्मचारीलाई थप सेयर पाउने नोटिस पठायो, ठूलै घोटालाको पुष्टि, एकवर्षसम्म ३८४,००० कित्ता सेयर कोसँग थियो ?

Hyundai Nepal
कारबाहीबाट बच्न सन–नेपालले कर्मचारीलाई थप सेयर पाउने नोटिस पठायो, ठूलै घोटालाको पुष्टि, एकवर्षसम्म ३८४,००० कित्ता सेयर कोसँग थियो ?
Nabil Bank Limited

काठमाण्डौ । सन-नेपाल लाइफ इन्स्योरेन्सले कर्मचारीका लागि आरक्षित गरेको आईपीओमा गडबडी देखिएर कारबाहीमा पर्ने डरले सेयर बाँडफाँडको करिब एक वर्षपछि त्यसबेला कायम कर्मचारीहरुलाई थप सेयरहरु धमाधम पठाउन थालिएको छ ।  

धितोपत्र बोर्डले आईपीओ बाँडफाँडको क्रममा कर्मचारीलाई छुट्याइएको कित्तामध्ये ८० प्रतिशत सेयर कित्ता(३ लाख ८० हजार कित्ता सेयर) सीइओ र सञ्चालकको मिलीभगतमा आफैंले लिएको भन्दै फाइल तयार गरी थप अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)लाई जिम्मा लगाएको थियो । सम्भावित कारबाहीमा परिने डरले आफ्नो पोल खुलेपछि सन नेपाल लाइफ इन्स्योरेन्सले धमाधम त्यसबेला कायम कर्मचारीलाई थप कित्ता सेयर भन्दै इमेल पठाएर आईपीओको फारम भर्न तथा आफूले पाउने थप कित्ता सेयरका लागि प्रतिकित्ता १०० रुपैयाँको दरले रकम जम्मा गर्न मेल पठाएको हो । 

CG Motors
Muktinath Bikas Bank Limited
Mahalaxmi Development Bank

सो पत्रमा धितोपत्र बोर्डले बदनियतपूर्वक कर्मचारीहरुले पाउने सेयरकित्ता राखेका सीइओ, सञ्चालक र उच्चपदस्थहरुलाई कारबाही गर्न छाडेर २०८१ साउन २१ गते कर्मचारीलाई आरक्षित कित्ता पुनः बाँडफाँड गर्न निर्देशन दिएको समेत देखिएको छ । यसरी योजनाबद्ध रुपमा हत्याइएको आईपीओ बाँडफाँडको एकवर्षपछि कर्मचारीहरुको खातामा पठाइएको पाइएको छ । यसमा धितोपत्र बोर्डले नै सहजीकरण गरेको देखिन्छ ।  

कर्मचारीहरुलाई सेयर थप बाँडफाँड गरिएको भन्दै मानव संसाधन विभागले इमेलमार्फत पठाएको पत्र । 

सन-नेपाल लाइफ इन्स्योरेन्सको मानव संसाधन विभागले २०० बढी कर्मचारीहरुलाई मेल पठाउँदै भनेको छ-'नेपाल धितोपत्र बोर्डको मिति २०८१ ०४ २१ को पुनः बाँडफाँड गर्ने निर्देशनबमोजिम तपाईलाई जानकारी गराई तपाईले मञ्जुरीनामा दिनु भए बमोजिम सेयरको पुनः बाँडफाँड गर्दा तपाईले प्राप्त गर्ने अधिकतम सेयर संख्या...... भएको हुँदा उक्त संख्या खुलाइएको आवेदन फारम र यसअघि प्रतिसेयरको अंकित मूल्य रु. १०० का दरले भुक्तानी भएको रकम कम्पनीमा प्राप्त भइसकेको हुँदा उक्त सेयरमध्ये पुनः बाँडफाँड गर्दा थप गरिएको सेयर संख्या..........को अंकित मूल्य प्रति सेयर रकम रु. १०० का दरले हुने रकम रु....... सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडको नाममा रहेको ग्लोबल आईएमई बैंक लिमीटेडको खाता नम्बर १९७०१०१०००५२७२ मा भुक्तानी गरेको निस्सासहित चार दिन भित्र कम्पनीमा पेश गर्नु हुन अनुरोध छ ।'  

पत्रको पुच्छारमा 'जानकारी:' भनेर लेखिएको छ-'आवेदन फारममा उल्लेखित विवरणहरु अस्पष्ट र अपूर्ण भएमा पुनः गर्नुपर्ने भएको हुँदा सम्पूर्ण विवरण खुलाई भर्नुहुन अनुरोध छ । आवेदन फारममा पुनः बाँडफाँड गर्दा कायम गरिएको अधिकतम कित्ता खुलाउनुहुन अनुरोध गर्दछु ।'

इमेलमार्फत सेयर थपको जानकारीको साथमा पठाइएको दरखास्त फारम र मञ्जुरीनामाको नमूना । 

कर्मचारीहरुलाई यो पत्रको साथमा इमेलमा कर्मचारीहरुलाई सुरक्षित गरिएको सेयर खरीद दरखास्त फारम र मञ्जुरीनामाको नमूना समेत एट्याच गरी पठाइएको छ ।  

कम्पनीको यो पत्रले आईपीओ बाँडफाँड गर्दा उच्चपदस्थ र सञ्चालक मिलेर निकै ठूलो घोप्लाबाजी गरेका प्रमाणित भएको छ । तर यति ठूलो घोटाला प्रमाणित नै भइसकेको अवस्थामा समेत धितोपत्र बोर्डले भने कडा एक्सन लिनुको साटो पुनः बाँडफाँड गर्न लगाएर उता सीआईबीलाई थप अनुसन्धान गर्न फाइल पठाइदिएको छ ।  

हामीले कम्पनीको प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याललाई सोध्यौं-एकवर्षपछि आएर कर्मचारीलाई धमाधम थप गर्दै पठाइएको सेयर कित्ता अहिलेसम्म कोसँग थियो ?  

अर्यालले भने-'सबै कुरा मलाई पनि थाहा छैन । मलाई अनावश्यक रुपमा मुछ्ने काम भयो । म एक्लैले त्यत्रो सेयर कित्ता कसरी लिन सक्छु ? त्यसकारण जस जसले बढी राखेका थिए, अहिले तिनीहरुले पठाएका होलान् । यी सारा विषयहरु उठाइरहँदा कानूनी व्यवस्था पनि हेर्न म अनुरोध गर्छु । मलाई जसरी भिलेनको रुपमा प्रस्तुत गरिएको छ, यी सबै कुरा निराधार हुन्, म पछाडि लागेकाहरुको षड्यन्त्र हो ।'  

Sagarmatha Cement
Shivam Cement
Nepal Investment Mega Bank Limited
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.