कारबाहीबाट बच्न सन–नेपालले कर्मचारीलाई थप सेयर पाउने नोटिस पठायो, ठूलै घोटालाको पुष्टि, एकवर्षसम्म ३८४,००० कित्ता सेयर कोसँग थियो ?
काठमाण्डौ । सन-नेपाल लाइफ इन्स्योरेन्सले कर्मचारीका लागि आरक्षित गरेको आईपीओमा गडबडी देखिएर कारबाहीमा पर्ने डरले सेयर बाँडफाँडको करिब एक वर्षपछि त्यसबेला कायम कर्मचारीहरुलाई थप सेयरहरु धमाधम पठाउन थालिएको छ । धितोपत्र बोर्डले आईपीओ बाँडफाँडको क्रममा कर्मचारीलाई छुट्याइएको कित्तामध्ये ८० प्रतिशत सेयर कित्ता(३ लाख ८० हजार कित्ता सेयर) सीइओ र सञ्चालकको मिलीभगतमा...