काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजना भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० का लागि घोषणा गरेको २३.८० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।
नयाँ समायोजित मूल्य अनुसार कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४७०.९२ रुपैयाँ कायम भएको छ । कम्पनीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ५८३ रुपैयाँ कायम थियो । आजदेखि कम्पनीको सेयर नयाँ समायोजित मूल्यअनुसार कारोबारमा आउनेछ ।
कम्पनीले आव २०७९/८० का लागि २३.८० प्रतिशत बोनस सेयर र १.२५२६ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल २५.०५२६ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । यो लाभांश कम्पनीको आगामी जेठ ९ गते आयोजना हुन लागेको साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।