काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । हकप्रद निष्कासन प्रयोजनका लागि कम्पनीले वैशाख ५ गते बुक क्लोज गर्दैछ ।
यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको हकप्रदमा आवेदन दिनका लागि योग्य हुनेछन् ।
कम्पनीले २७ प्रतिशत अर्थात १ः०.२७ अनुपातमा हकप्रद निष्कासन गर्नेछ । यसका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट चैत ३ गते अनुमति पाईसकेको छ ।
कम्पनीले अब १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद निष्कासन गर्नेछ ।