काठमाण्डौ । गत भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बिनाशकारी बाढीबाट प्रभावित पक्षहरुलाई उद्दार राहत र पुनर्स्थापनामा सहयोग पुर्याउन सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ६० लाख रुपैया आर्थिक सहयोग उपलब्ध गराएको छ ।
अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले अर्थमन्त्रि स्वर्णिम वााग्ले मार्फत प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा रु. ६० लाख रुपैयाको चेक हस्तान्तरण गरेका हुन् ।
साथै, सो कार्यक्रममा कम्पनीका सञ्चालक शसांक अग्रवाल तथा कम्पनी सचिव विनोद शर्मा पौडेल उपस्थिति रहेको थियो । सो कार्यक्रममा विपद्मा परी मृत्युवरण भएका मृतकका परिवारजनहरु प्रति गहिरो समवेदना प्रकट गर्दै मृतकका आत्माको चीर शान्तिको कामना गर्दै घाईतेहरुको शीध्र स्वास्थ्य लाभको कामना गरिएको थियो ।
यस आर्थिक सहयोगबाट कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय विपदको सामना गर्न र पीडित परिवारलाई राहत वितरण तथा पुनस्थापनाको कामका थप टेवा पुग्ने विश्वास कम्पनीको रहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।