सोमबार, बैशाख ७,२०८३ 09:01:59
Bizshala
  • सोमबार, बैशाख ७,२०८३ 09:01:59
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा नारायणी क्षेत्रका तीन शाखा कार्यालय स्थान्तरण

Bizshala
सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा नारायणी क्षेत्रका तीन शाखा कार्यालय स्थान्तरण
Shivam Cement

काठमाण्डौ । सेवा पहुँच विस्तार र ग्राहक अनुभव सुदृढ बनाउने रणनीतिअन्तर्गत सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नारायणी क्षेत्र अन्तर्गत टाडि शाखा  (रत्ननगर टाडि २ ), भरतपुर शाखा (भरतपुर ३, शहिद चोक, नारायणघाट) र चनौली शाखा (भरतपुर १८) गरि तीन शाखालाई नयाँ तथा आधुनिक संरचनायुक्त स्थानमा स्थानान्तरण गरी औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। नयाँ कार्यालयमार्फत कम्पनीले विद्यमान तथा नयाँ पोलिसीहोल्डरलाई अझ छरितो, सहजर गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्य राखेको छ।

स्थानान्तरण उद्घाटन समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल, प्रमुख बजार अधिकृत गणेश चौलागाई,  र प्रदेश  प्रमुख  ईश्वर बिकल सापकोटा, तथा सम्बन्धित शाखा प्रबन्धक तथा कम्पनीका कर्मचारीहरुको  उपस्थिति रहेको थियो । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले सेवा सुविधालाई ग्राहकसम्म प्रभावकारी रूपमा पुर्‍याउन संरचनागत सुदृढीकरण अत्यावश्यक रहेको उल्लेख गर्दै शाखा स्थानान्तरण पहलग्राहकमैत्री अभिमुखीकरणतर्फको महत्वपूर्ण कदम भएको बताए।

त्यसैगरी, प्रमुख बजार अधिकृत गणेश चौलागाईले नयाँ स्थानका शाखामा छिटो सेवा, सुलभ काउंटर, डिजिटलअभिलेख प्रणाली तथा सहज ग्राहक मार्गदर्शन जस्ता संरचनात्मक सुधारले ग्राहक सन्तुष्टि बढाउने विश्वास व्यक्त गरे।

CG Motors
Garima Development Bank
IME remit

सन नेपाल लाइफ इन्स्योरेन्सले संस्थागत सेवा गुणस्तर, पारदर्शिता र ग्राहक हितलाई प्राथमिकतामा राख्दै देशभर सरोकारवालामैत्री सेवा विस्तारका कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ।

हाल, सन नेपाल लाइफले देशभर १४८ शाखा तथाउप–शाखाबाट जीवन बीमा सम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.