बुधबार, माघ २१,२०८२ 01:59:54
Bizshala
  • बुधबार, माघ २१,२०८२ 01:59:54
Bizshala
Global IME Bank Limited
Bizshala

सन नेपाल लाइफको नाफा र बीमाशुल्क आर्जन सामान्य बढ्यो, खर्च र दावी भुक्तानी घट्यो

सन नेपाल लाइफको नाफा र बीमाशुल्क आर्जन सामान्य बढ्यो, खर्च र दावी भुक्तानी घट्यो
Shivam Cement

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २८ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो वर्षको सोही अवधिको २८ करोड २२ लाख रुपैयाँको तुलनामा १.११ प्रतिशतले बढी हो।

कम्पनीको खुद बीमाशुल्क आम्दानी ३.६४ प्रतिशतले वृद्धि भई २ अर्ब २६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको खुद बीमाशुल्क आम्दानी २ अर्ब १८ करोड रुपैयाँ थियो।

Bizshala
Garima Development Bank
New Office

कुल आम्दानीमा भने केही गिरावट देखिएको छ। कम्पनीले समीक्षा अवधिसम्म २ अर्ब ६१ करोड रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको २ अर्ब ९४ करोड रुपैयाँको तुलनामा घटेको हो।

त्यस्तै, कम्पनीले १ अर्ब ७६ करोड रुपैयाँ खुद दावी भुक्तानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १७.९३ प्रतिशतले कम हो। कुल खर्च पनि २ अर्ब २९ करोड रुपैयाँ रहेको छ, जसले अघिल्लो वर्षको २ अर्ब ६५ करोड रुपैयाँको खर्चको तुलनामा १३.५७ प्रतिशतको कमी देखाउँछ।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

कम्पनीको महाविपत्ती कोषको आकार २३ करोड ६१ लाख रुपैयाँ, रिटेन्ड अर्निङ ५४ करोड ८५ लाख रुपैयाँ र सेयर प्रिमियम १ अर्ब ३० करोड रुपैयाँ रहेको छ।

कम्पनीको ईपीएस ११.३० रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४७.२८ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्ति ३७३.४८ रुपैयाँ, र पीई अनुपात ४१.९५ गुणा कायम भएको छ।

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.