काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले २३ औं वार्षिक साधारण सभा डाकेको हो । उक्त सभा मंसिर ६ गते हेटौंडामा रहेको होटेल एभोकाडोमा बिहान १० बजेदेखि सुरु हुनेछ ।
उक्त सभामा संस्थाको स्विकृत प्रबन्धपत्रमा संशोधन गर्ने, संस्थाको स्विकृत नियमावलीमा संशोधन गर्ने र संस्थालाई अन्य कुनै बैंक, विकास बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्वीजिसन) को लागि छलफल गर्ने, समझदारी पत्रमा हस्ताक्षर गर्ने लगायत डिडिए गर्न नियमनकारी निकायसँग सम्पर्क गर्न, स्वीकृति लिन वा अन्य कुनै पनि विषयमा संशोधन, परिमार्जन, थपघट वा परिवर्तन गर्ने लगायत सो सम्बन्धमा प्रचलित नियमानुसार जे जो गर्नु पर्ने हो सोको लागि चाहिने सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।
यस्तै सञ्चालक समितिको तर्फबाट सञ्चालक समितिका अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८०/८१ को वासलात, नाफा नोक्सान हिसाब, वित्तिय विवरण तथा नगद प्रवाह विवरण लगायतका अनुसूचिहरू माथि छलफल गरि पारित गर्ने,लेखापरीक्षण समितिको सिफारिश बमोजिम आर्थिक वर्ष २०८१/८२ को लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरिनेछ ।
साधारण सभा प्रयोजनको लागि कात्तिक २५ गते एक दिन बन्द रहनेछ ।