पोखरा फाइनान्सको साधारण सभा सम्पन्न, समृद्धिसँग मर्जर प्रस्ताव पारित
काठमाण्डौ । पोखरा फाइनान्सको २८ औं तथा २९ औं साधारण सभा बुधबार पोखरा स्थित दरबारथोक बैक्वेटमा सम्पन्न भएको छ । साधारण सभामा अध्यक्ष राज कुमार गुरुङले सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।साधारण सभाले आर्थिक वर्ष २०८०/८१ तथा २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन, वित्तीय विवरण एवं सोसँग सम्बन्धित अनुसूचीहरु समेत पारित गरेको छ ।

