बिहीबार, श्रावण १४,२०८३ 01:21:44
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 01:21:44
Bizshala
Global IME Bank Limited

पोखरा फाइनान्स र समृद्धि फाइनान्सबीच मर्जर सम्झौता

पोखरा फाइनान्स र समृद्धि फाइनान्सबीच मर्जर सम्झौता
New Office

काठमाण्डौ । पोखरा फाइनान्स र समृद्धि फाइनान्सबीच मर्जर सम्झौतामा हस्ताक्षर भएको छ । यी दुई कम्पनीबीच पोखरामा साउन ४ गते बिहान मर्जरको लागि सम्झौता भएको हो।

यी कम्पनीहरु १ः१ स्वाप अनुपातमा मर्ज हुन लागेका हुन् । मर्जरपश्चात कायम हुने कम्पनीको नाम पोखरा फाइनान्स रहने गरी मर्जर सम्झौता भएको छ ।यस्तै मर्जपश्चात बन्ने कम्पनीको केन्द्रीय कार्यालय पोखरामा रहने जनाइएको छ । 

कम्पनीहरुबीच हाल समृद्धि फाइनान्सका अध्यक्ष मर्जर पछि बन्ने कम्पनीको अध्यक्ष रहने सहमति समेत बनेको छ।

नेपाल राष्ट्र बैंकले स्थलगत निरिक्षणका क्रममा पोखरा फाइनान्सलाई समस्याउन्मुख रहेको जनाएको थियो । राष्ट्र बैंकले कम्पनीलाई कारबाही गर्दै सञ्चालन समितिलाई सचेत समेत गराएको थियो । 

जसपश्चात कम्पनीलाई राष्ट्र बैंकको कारवाहीबाट उम्कन मर्जर एक विकल्पको रुपमा रहेको थियो । पोखरा फाइनान्सले मर्जर तथा प्राप्ति प्रक्रियामा जानका लागि २०८१ माघमा ामर्जर वा प्राप्ति समिति गठन गरेको थियो ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.