बुधबार, फाल्गुन ६,२०८२ 12:12:41
Bizshala
  • बुधबार, फाल्गुन ६,२०८२ 12:12:41
Bizshala
Global IME Bank Limited

पोखरा फाइनान्सको साधारण सभा सम्पन्न, समृद्धिसँग मर्जर प्रस्ताव पारित

पोखरा फाइनान्सको साधारण सभा सम्पन्न, समृद्धिसँग मर्जर प्रस्ताव पारित
Shivam Cement

काठमाण्डौ । पोखरा फाइनान्सको २८ औं तथा २९ औं साधारण सभा बुधबार पोखरा स्थित दरबारथोक बैक्वेटमा सम्पन्न भएको छ । साधारण सभामा अध्यक्ष राज कुमार गुरुङले सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साधारण सभाले आर्थिक वर्ष २०८०/८१ तथा २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन, वित्तीय विवरण एवं सोसँग सम्बन्धित अनुसूचीहरु समेत पारित गरेको छ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

साधारण सभाले समृद्धि फाइनान्ससँग बराबरी सेयर अनुपातमा मर्ज हुने प्रस्ताव साधारणसभाबाट पारित गरेको छ । गत साउनमा समृद्धि फाइनान्स र पोखरा फाइनान्सले गाभ्ने/गाभिने (मर्जर) प्रयोजनको समझदारी गरेका थिए ।

मर्जर प्रक्रिया अघि बढाउन संयुक्त मर्जर समितिले दुवै संस्थाका सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकनका लागि मूल्यांकनकर्ता नियुक्त गरेको थियो । मूल्यांकनकर्ताले दुवै वित्तीय संस्थाको सम्पत्ति, दायित्व तथा कारोबारको प्रतिवेदन तयार पारेको थियो । त्यो प्रस्ताव साधारणसभाले पारित गरेको हो ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

साधारण सभाले अनुमोदन गरेलगत्तै दुबै संस्थाले अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा आवेदन दिने तयारी गरेका छन् । राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएपछि दुबै संस्था गाभिएर ’पोखरा फाइनान्स लिमिटेड’ का नामबाट कारोबार थाल्ने छन् ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.