शुक्रबार, असार २६,२०८३ 10:17:25
Bizshala
  • शुक्रबार, असार २६,२०८३ 10:17:25
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अघिल्लो आवमा घाटामा रहेको समृद्धि फाइनान्स ३.१९ करोड खुद नाफा आर्जन गर्न सफल

Laxmi Sunrise Bank Limited
अघिल्लो आवमा घाटामा रहेको समृद्धि फाइनान्स ३.१९ करोड खुद नाफा आर्जन गर्न सफल

काठमाण्डौ । अघिल्लो आवमा घाटामा रहेको समृद्धि फाइनान्स खुद ब्याज आम्दानी बढेसँगै र इम्पेयरमेन्ट चार्ज रिभर्सल भएसँगै नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी १३ करोड ६१ लाख रुपैयाँ घाटामा थियो ।  

समीक्षा अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी बढेको छ । कम्पनीको खुद ब्याज आम्दानी ८ करोड ८५ लाख रुपैयाँ रहेको छ । यो रकम अघिल्लो आवको तुलनामा ९.१८८ प्रतिशतले बढी हो । कम्पनीले यो अवधिसम्म १ करोड ५२ लाख रुपैयाँबराबरको खुद शुल्क तथा कमिशन आम्दानी गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने यस्तो रकम ७१ लाख ७ हजार मात्रै थियो ।  

New Office
CG Motors
Garima Development Bank

अघिल्लो आवको चौथो त्रैमाससम्म ४ करोड २ लाख रुपैयाँले ऋणात्मक रहेको कम्पनीको खुद सञ्चालन आम्दानी १४ करोड ९ लाख रुपैयाँले धनात्मक बनेको छ ।  

कम्पनीको इम्पेयरमेन्ट चार्ज २ करोड ३९ लाख रुपैयाँले रिभर्सल भएको छ । यो अवधिमा कम्पनीको खराब कर्जा अनुपात ह्वात्तै घटेको छ । अघिल्लो आवमा २०.२३ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ९.६६ प्रतिशतमा सीमित बनेको छ ।  

कम्पनीको रिटेन्ड अर्निङ ६२ करोड ५१ लाख रुपैयाँले ऋणात्मक छ भने रिजर्भको आकार २९ करोड ५१ लाख रुपैयाँ रहेको छ ।  

यो अवधिमा कम्पनीको निक्षेप संकलन २ अर्ब ७८ करोड र कर्जा प्रवाह १ अर्ब ८३ करोड रुपैयाँबराबर रहेको छ ।  

यस्तै कम्पनीको वितरणयोग्य मुनाफा ६२ करोड ५१ लाख रुपैयाँले ऋणात्मक छ । कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस)३.९० रुपैयाँ , प्रतिसेयर नेटवर्थ  ६२.११ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४२८.४९ रुपैयाँ, मूल्य आम्दानी अनुपात १३८.३३ गुणा र तरलता अनुपात ३८.३७ प्रतिशत कायम भएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.