मंगलवार, कार्तिक ३,२०८३ 04:23:29
  • मंगलवार, कार्तिक ३,२०८३ 04:23:29
Global IME Bank Limited

समृद्धि फाइनान्स ६.२८ करोड घाटामा, खराब कर्जा अनुपात १९.३४ प्रतिशत

Bizshala
समृद्धि फाइनान्स ६.२८ करोड घाटामा, खराब कर्जा अनुपात १९.३४ प्रतिशत
New Office

काठमाण्डौ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म समृद्धि फाइनान्स कम्पनी लिमिटेड ६ करोड २८ लाख रुपैयाँ घाटामा रहेको छ । यो घाटा अघिल्लो आवको सोहि अवधिको तुलनामा १९४.३२ प्रतिशतले धेरै हो ।  अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनी २ करोड १३ लाख रुपैयाँ घाटामा थियो ।  

समीक्षा अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी भने बढेको छ । कम्पनीको खुद ब्याज आम्दानी ८.१२ प्रतिशतले बढेर ३ करोड ८७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको पुस मसान्तसम्म ३ करोड ७४ लाख रुपैयाँले धनात्मक रहेको कम्पनीको खुद सञ्चालन आम्दानी ९९ लाख १८ हजार रुपैयाँले ऋणात्मक बनेको छ ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

कम्पनीको कर्मचारीका लागि ३ करोड २९ लाख र १ करोड ६३ लाख रुपैयाँ अन्य सञ्चालन खर्च गरेको छ । कम्पनीले इम्पेयरमेन्ट चार्जका लागि ६ करोड १२ लाख रुपैयाँ छुट्टाएको छ । अघिल्लो आवमा कम्पनीले इम्पेयरमेन्ट चार्जका लागि ६२ करोड ५३ लाख रुपैयाँ छुट्टाएको थियो ।  

कम्पनीको रिटेन्ड अर्निङ ६८ करोड १ लाख रुपैयाँले ऋणात्मक छ भने रिजर्भको आकार २५ करोड २६ लाख रुपैयाँ रहेको छ ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

२ अर्ब ५८ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको कम्पनीले १ अर्ब ५७ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ । कम्पनीको खराब कर्जा अनुपात ४.६८ प्रतिशतबाट बढेर १९.३४ प्रतिशत पुगेको छ ।

यस्तै कम्पनीको वितरणयोग्य मुनाफा ६८ करोड १ लाख रुपैयाँले ऋणात्मक छ । कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ३०.६९ रुपैयाँ ऋणात्मक रहेको छ । 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.