सोमबार, असार २,२०८२ 01:55:50
  • सोमबार, असार २,२०८२ 01:55:50
Global IME Bank Limited

समृद्धि फाइनान्स ६.९३ करोड घाटामा,खराब कर्जा अनुपात बढ्दो क्रममा

Hyundai Nepal
समृद्धि फाइनान्स ६.९३ करोड घाटामा,खराब कर्जा अनुपात बढ्दो क्रममा
Nabil Bank Limited

काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म समृद्धि फाइनान्स कम्पनी लिमिटेड ६ करोड ९३ लाख रुपैयाँ घाटामा रहेको छ । यो घाटा अघिल्लो आवको सोहि अवधिको तुलनामा ४८ प्रतिशतले कम हो ।  अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनी १३ करोड ३४ लाख रुपैयाँ घाटामा थियो ।  

समीक्षा अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी पनि घटेको छ । कम्पनीको खुद ब्याज आम्दानी १४.४९ प्रतिशतले घटेर ५ करोड ३२ लाख रुपैयाँमा सीमित बनेको छ । अघिल्लो आवको चैत मसान्तसम्म ५ करोड ८३ लाख रुपैयाँले ऋणात्मक रहेको कम्पनीको खुद सञ्चालन आम्दानीमा सुधार आएको छ । कम्पनीले समीक्षा अवधिसम्म २ कररोड १० लाख रुपैयाँ खुद सञ्चालन आम्दानी आर्जन गरेको छ ।  

कम्पनीको कर्मचारीका लागि ५ करोड १८ लाख र २ करोड ८५ लाख रुपैयाँ अन्य सञ्चालन खर्च गरेको छ । कम्पनीले इम्पेयरमेन्ट चार्जका लागि ४ करोड १२ लाख रुपैयाँ छुट्टाएको छ । अघिल्लो आवमा कम्पनीले इम्पेयरमेन्ट चार्जका लागि १२ करोड ६२ लाख रुपैयाँ छुट्टाएको थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको रिटेन्ड अर्निङ ५३ करोड ६१ लाख रुपैयाँले ऋणात्मक छ भने रिजर्भको आकार २३ करोड ४५ लाखबाट बढेर २६ करोड ५६ लाख रुपैयाँ पुगेको छ ।  

१ अर्ब ९० करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको कम्पनीले १ अर्ब ४३ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ । कम्पनीको खराब कर्जा अनुपात १३.४९ प्रतिशतबाट बढेर १७.२३ प्रतिशत पुगेको छ ।

यस्तै कम्पनीको वितरणयोग्य मुनाफा ५३ करोड ६१ लाख रुपैयाँले ऋणात्मक छ । कम्पनीको प्रतिसेयर आम्दाी(ईपीएस) ११.३० रुपैयाँ ऋणात्मक रहेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.