मंगलवार, चैत्र १९,२०८१ 11:17:33
IME remit
  • मंगलवार, चैत्र १९,२०८१ 11:17:33
IME remit
Global IME Bank Limited

इम्पेयरमेन्ट चार्ज चुलिदा समृद्धि फाइनान्स १.८२ करोड घाटामा, खराब कर्जा अनुपात २३.४७% पुग्यो

Hyundai Nepal
इम्पेयरमेन्ट चार्ज चुलिदा समृद्धि फाइनान्स १.८२ करोड घाटामा, खराब कर्जा अनुपात २३.४७% पुग्यो
Nabil Bank Limited

काठमाण्डौ । इम्पेयरमेन्ट चार्ज बढ्दा समृद्धि फाइनान्स, चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म घाटामा गएको छ । यो अवधिसम्म कम्पनी १ करोड ८२ लाख रुपैयाँ घाटामा रहेको छ । यो घाटा अघिल्लो आवको सोहि अवधिको तुलनामा ८४.१३ प्रतिशतले बढी हो । अघिल्लो आवको पहिलो त्रैमाससम्म कम्पनी ९८ लाख ८७ हजार रुपैयाँ घाटामा थियो ।  

कम्पनीको इम्पेयरमेन्ट चार्ज २९८.७२ प्रतिशतले बढेर २ करोड १७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवसम्म भने कम्पनीले इम्पेयरमेन्ट चार्जको रुपमा ५४ लाख ५६ हजा।र रुपैयाँ मात्रै छुट्टाएको थियो । समीक्षा अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी भने सामान्य बढेको छ । कम्पनीको खुद ब्याज आम्दानी ७.३९ प्रतिशतले बढेर १ करोड ८२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म १ करोड ८१ लाख रुपैयाँ रहेको कम्पनीको खुद सञ्चालन आम्दानी ५२ लाख ३० हजारमा सीमित बनेको छ ।  

Shivam Cement
Bizshala
CG Motors

कम्पनीको कर्मचारीका लागि १ करोड ६४ लाख र ८३ लाख ९५ हजार रुपैयाँ अन्य सञ्चालन खर्च गरेको छ ।

कम्पनीको रिटेन्ड अर्निङ ६२ करोड ५४ लाख रुपैयाँले ऋणात्मक छ भने रिजर्भको आकार २५ करोड ४ लाखबाट घटेर २४ करोड ५९ लाख रुपैयाँ पुगेको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो अवधिसम्म २ अर्ब ४२ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको कम्पनीले १ अर्ब ४६ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ । कम्पनीको खराब कर्जा अनुपात ४.७९ प्रतिशतबाट बढेर २३.४७ प्रतिशत पुगेको छ ।

यस्तै कम्पनीको वितरणयोग्य मुनाफा ६२ करोड ५४ लाख रुपैयाँले ऋणात्मक छ । कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ८.८९ रुपैयाँ ऋणात्मक रहेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.