काठमाण्डौ । समृद्धि फाइनान्सले पुस २५ गते बिहीबारको दिन कसहा शाखाबाट न्यानो कपडा वितरण कार्यक्रम अन्तर्गत शाखा कार्यालय आसपासको धनगढी माइन नपा–६, ७ र ८ का अति विपन्न, असहाय जेष्ठ नागरिकहरूलाई फाइबर सिरक वितरण कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा धनगढी माइ नपा वडा नम्बर ६ का अध्यक्ष भगलु महतो, वडा नम्बर ७ का अध्यक्ष बिजय कुमार महतो, वाड नम्बर ८ का अध्यक्ष राम भरोश महतो, पद्मोदय फाउन्डेसनका सचिव राजकुमार महतो, नेपाल रेडक्रस सोसाइटी शाखा धनगढीका अध्यक्ष गङा राम यादव साथै वाड सदस्यहरूको उपस्थिति रहेको थियो।
साथै, यस्ता कार्यक्रमले स्थानीय न्यून आय भएका जनतालाई यस कठ्याग्रीयको जाडोमा ठूलो राहत पुगेकोले फाइनान्सलाई धन्यवाद व्यक्त गरिएको छ।
कसहाका शाखा प्रबन्धक प्रदीप महतोले कार्यक्रममार्फत २५ जना अति विपन्न र असहाय जेष्ठ नागरिकहरूलाई न्यानो कपडा वितरण गरिएको जानकारी गराउँदै आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                