बिहीबार, श्रावण १४,२०८३ 01:19:51
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 01:19:51
Bizshala
Global IME Bank Limited

समृद्धि फाइनान्स र पोखरा फाइनान्स १ः१ सेयर स्वाप अनुपातमा मर्ज हुने

समृद्धि फाइनान्स र पोखरा फाइनान्स १ः१ सेयर स्वाप अनुपातमा मर्ज हुने
New Office

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स लिमिटेड १ः१ सेयर स्वाप अनुपातमा मर्ज हुने भएका छन् । दुवै संस्थाबीच गत साउन ४ गते मर्जर प्रयोजनका लागि समझदारीपत्र सम्पन्न भएको थियो।

त्यसैअनुसार गठन गरिएको संयुक्त मर्जर समितिले दुबै कम्पनीको सम्पत्ति, दायित्व र कारोबारको मूल्याङ्कन गर्न मूल्यांकनकर्ता नियुक्त गरेको थियो। मूल्यांकन प्रतिवेदनको आधारमा, समितिले शेयर स्वाप अनुपात १ः१ सिफारिस गरेको थियो।

यस सिफारिसलाई अनुमोदन गर्दै समृद्धि फाइनान्सको सञ्चालक समितिको ५३७ औं बैठकले मर्जरका लागि सेयर स्वाप अनुपात १ः१ कायम गर्ने निर्णय स्वीकृत गरेको हो।

यस निर्णयअनुसार दुवै कम्पनीबीचको मर्जर प्रक्रिया अगाडि बढ्नेछ । 

मर्जपश्चात बन्ने कम्पनीको केन्द्रीय कार्यालय पोखरामा रहने जनाइएको छ । यी दुई संस्थाबीच हाल समृद्धि फाइनान्सका अध्यक्ष मर्जर पछि बन्ने कम्पनीको अध्यक्ष रहने सहमति समेत बनेको थियो ।

नेपाल राष्ट्र बैंकले स्थलगत निरिक्षणका क्रममा पोखरा फाइनान्सलाई समस्याउन्मुख रहेको जनाएको थियो । राष्ट्र बैंकले कम्पनीलाई कारबाही गर्दै सञ्चालन समितिलाई सचेत समेत गराएको थियो ।

जसपश्चात कम्पनीलाई राष्ट्र बैंकको कारवाहीबाट उम्कन मर्जर एक विकल्पको रुपमा रहेको थियो । पोखरा फाइनान्सले मर्जर तथा प्राप्ति प्रक्रियामा जानका लागि २०८१ माघमा मर्जरप्राप्ति समिति गठन गरेको थियो ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.