काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको २३ औं साधारण सभा सम्पन्न भएको छ । कम्पनीको उक्त सभा मकवानपुरको हेटौंडामा रहेको होटेल एभोकाडोमा सम्पन्न भएको हो ।
सञ्चालक समितिका अध्यक्ष ठाकुरप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न साधारणसभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने अघिल्लो आवको वार्षिक प्रतिवेदन पारित गर्ने, वासलात, नाफा नोक्सान र नगद प्रवाह विवरणमाथि छलफल गर्ने, आव २०८१/८२ लागि बाह्य लेखापरिक्षक नियुक्ति गर्ने लगायतका अजेन्डाहरुमा छलफल सहित पारित गरेको छ।
सभामा अध्यक्षले सञ्चालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदनमाथि सहभागी भएका सेयरधनीहरुबाट सल्लाह, सुझाव र जिज्ञासाहरुलाई सञ्चालक समितिका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले स्पष्ट पारेका थिए ।