काठमाण्डौ । समृद्धि फाइनान्सले रक्तदानकार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले फागुन ११ गते संस्थागत सामाजिक उत्तर दायित्वअन्तर्गत शाखा कार्यालय पुतलीसडक, नारायणगढ र बुटवलबाट रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
उक्त कार्यक्रम पुतलीसडकबाट शंकरदेव क्याम्पस अगाडी ट्याक्सी स्ट्याण्डमा सम्पन्न गरिएको थियो । सो कार्यक्रममा बुटवलबाट ३८, नारायणगढबाट ४३ र पुतलीसडकबाट ५० गरी जम्मा १३१ युनिट रक्त संकलन भएको कम्पनीले जनाएको छ ।
समृद्धि फाइनान्सले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आरटिजिएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यूआर कोडजस्ताडिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।