बुधबार, भाद्र ३,२०८३ 02:36:25
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 02:36:25
Bizshala
Global IME Bank Limited

सुपर मादी हाईड्रोपावरको लाभांश घोषणा, साधारण सभा पनि आह्वान

सुपर मादी हाईड्रोपावरको लाभांश घोषणा, साधारण सभा पनि आह्वान
New Office

काठमाण्डौ । सुपर मादी हाईड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज ८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश दिने निर्णय गरेको हो ।  

बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि हाल कायम चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र प्रस्तावित बोनस सेयरको कर प्रयोजनका लागि ५५ लाख २ध्६ हजार ३१६ रुपैयाँ नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।  

प्रस्ताविलत लाभांश पारित गर्नका लागि कम्पनीले साधारण सभा समेत डाकेको छ । कम्पनीको १५ औं वार्षिक साधारण सभा कात्तिक ५ गते काठमाण्डौको बत्तिसपुतलीमा रहेको होटल इम्पेरियलमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।  

Bizshala
CG Motors

कम्पनीको अधिकृत पूँजी २ अर्ब २० करोड ५० लाख पुग्ने भएकाले सो पूँजीलाई प्रति सेयर रु.१०० का दरले २ करोड २० लाख ५० हजार थान साधारण सेयरमा विभाजन गरिएको  र कम्पनीको तत्काल जारी गर्ने पूँजी २ अर्ब २० करोड ५० हुने भएकाले सो पूँजीलाई प्रति सेयर रु.१०० का दरले २ करोड २० लाख ५० हजार थान साधारण सेयरमा विभाजन भएको  कम्पनीको पूँजी बृद्धिको प्रस्ताव पारित गरिनेछ ।  

यस्तै कम्पनीले ताप्लेजुङ जिल्ला स्थित निर्माणाधीन अवस्थामा रहेको २८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत आयोजनामा लगानी गर्न सञ्चित मुनाफा, कर्जा तथा हकप्रद सेयर जारी गर्ने र उक्त प्रयोजनको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकको संख्यामा संसोधन गर्ने  विशेष प्रस्तावहरु पारित हुनेछ ।  

सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव २०८०/०८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकद्वारा प्रस्तुत आव २०८०/०८१ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत सोसँग सम्बन्धित अनुसुचीहरु उपर छलफल गरि पारित गर्ने र आव २०८१/८२ को लागी लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत सभाबाट पारित हुनेछ ।  

साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज १८ गते देखि कात्तिक ५ गते सम्म कम्पनीको सेयरधनी दर्ता किताब(बुक क्लोज) बन्द गर्ने निर्णय गरेको छ । यसर्थ नेप्सेमा असोज १७ गते सम्म कारोबार भई कायम सेयरधनीहरु सो सभामा भाग लिन तथा लाभांशका लागि योग्य हुनेछन ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.