नदिमा पानीको बहाव कम हुँदा सुपर मादी हाईड्रोको आम्दानी घट्यो, नाफामा समेत १७% को गिरावट
काठमाण्डौ । विद्युत बिक्री आम्दानी घटेसँगै सुपर मादी हाईड्रोपावर लिमिटेडको नाफामा गिरावट आएको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १२ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १७.३७ प्रतिशतले कम हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीले १४ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।