काठमाण्डौ । सुपर मादी हाईड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले १६ औं वार्षिक साधारण सभा डाकेको हा्े ।
उक्त सभा आगामी पुस ४ गते काठमाण्डौको बत्तिसपुतलीमा रहेको होटल इम्पेरियलमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०८१र८२ का लागि हाल कायम चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६४२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।
यस्तै बोनस सेयर वितरणपश्चात कायम हुने जम्मा सेयर पूँजी २ अर्ब ३१ करोड ५२ लाख ५० हजार रुपैयाँको २ः१ अनुपातमा रु.१०० अंकित दरका १ करोड १५ लाख ७६ हजार २५० कित्ता हकप्रद सेयर जारी गर्ने प्रस्ताव समेत पारित हुनेछ ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव २०८१/८२ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकद्वारा प्रस्तुत आव २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत सोसँग सम्बन्धित अनुसुचीहरु उपर छलफल गरि पारित गर्ने र आव २०८२/८३ को लागी लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत सभाबाट पारित हुनेछ ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर १७ गतेदेखि पुस ४ गते सम्म कम्पनीको सेयरधनी दर्ता किताब(बुक क्लोज) बन्द गर्ने निर्णय गरेको छ । यसर्थ नेप्सेमा मंसिर १६ गतेसम्म कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै सो सभामा भाग लिन तथा लाभांशका लागि योग्य हुनेछन ।

