काठमाण्डौ । सुपर मादी हाईड्रोपावर लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले प्रस्ताव गरेको ५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको छ ।
नेप्सेमा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ५७८.१० रुपैयाँ कायम भएको छ ।
समायोजन अघि कम्पनीको अन्तिम सेयरमूल्य प्रतिकित्ता ६०७ रुपैयाँ कायम थियो । आगामी कारोबारमा यही मूल्यका आधारमा दोस्रो बजारमा कम्पनीको सेयर कारोबारमा आउनेछ ।
कम्पनीले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र प्रस्तावित बोनस सेयरको कर प्रयोजनका लागि ५५ लाख २६ हजार ३१६ रुपैयाँ नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश कम्पनीको कात्तिक ५ गते काठमाण्डौको बत्तिसपुतलीमा रहेको होटल इम्पेरियलमा बिहान ११ बजेदेखि सुरु हुने साधारण सभाबाट अनुमोदन गरी वितरण गरिनेछ ।