सोमबार, फाल्गुन ४,२०८२ 08:21:28
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 08:21:28
Bizshala
Global IME Bank Limited

यी दुई हाईड्रो कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

यी दुई हाईड्रो कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Shivam Cement

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत दुईवटा हाईड्रो कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज सुपर मादी हाईड्रोपावर र माउन्टेन इनर्जी नेपालको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।

यी दुवै कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि मंसिर १७ गते बुक क्लोज गर्दैछन् । यसर्थ आजसम्म नेप्सेमा कायम हुने सेयरधनीहरु मात्रै यी कम्पनीको लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

सुपर मादी हाईड्रोले आर्थिक वर्ष २०८१/८२ का लागि हाल कायम चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले आगामी पुस ४ गते काठमाण्डौको बत्तिसपुतलीमा रहेको होटल इम्पेरियलमा बिहान ११ बजेदेखि १६ औं वार्षिक साधारण सभा डाकेको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै माउन्टेन इनर्जी नेपालले पनि गत आवका लागि सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १।०५२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।  कम्पनीको मंसिर २९ गते आयोजना हुन लागेको साधारण सभाबाट अनुमोदन गरी उक्त लाभांश वितरण गरिनेछ । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.