सोमबार, असार २,२०८२ 10:42:20
  • सोमबार, असार २,२०८२ 10:42:20
Global IME Bank Limited

सुपर मादी हाईड्रोपावरको नाफामा सामान्य गिरावट, कस्तो छ समग्र वित्तीय अवस्था ?

Hyundai Nepal
सुपर मादी हाईड्रोपावरको नाफामा सामान्य गिरावट, कस्तो छ समग्र वित्तीय अवस्था ?
Nabil Bank Limited

काठमाण्डौ । आयोजनाको उत्पादनमा मेशिनको मर्मतको कार्य भएकाले कन्ट्राक्ट इनर्जीभन्दा कम उत्पादन भई सुपर मादी हाईड्रोपावर लिमिटेडको आम्दानीमा कमी आएको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा विद्युत बिक्रीमार्फत ७४ करोड १२ लाख रुपैयाँ आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २१.६० प्रतिशतले कम हो ।  

अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले विद्युत बिक्रीमार्फत ९५ करोड ५५ लाख रुपैयाँ आर्जन गरेको थियो । विद्युत बिक्री आम्दानीमा आएको गिरावटको प्रभाव कम्पनीको नाफामा देखिएकाृ छ । तेस्रो त्रैमाससम्म कम्पनीको नाफामा २.७७ प्रतिशतको गिरावट आएको छ । कम्पनीले समीक्षा अवधिसम्म ८ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने कम्पनीले ९ करोड २ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको वित्त खर्च ५६ करोड ७९ लाखबाट घटेर ३६ करोड २९ लाखमा सीमित बनेको छ । ह्रासकट्टी खर्च भने २० करोड ५२ लाखबाट बढेर २१ करोड ७७ लाख पुगेको छ । यस्तै अघिल्लो आवमा ५ करोड ७५ लाख रहेको अन्य सञ्चालन खर्च घटेर ३ करोड २७ लाखमा सीमित बनेको छ ।  कम्पनीको चुक्तापूँजी २ अर्ब २० करोड रुपैयाँ छ । कम्पनीको रिजर्भको आकार ११ करोड ६४ लाख रुपैयाँबराबर रहेको छ ।  

त्यस्तै कम्पनीको कुल चालु सम्पत्ति ४४ करोड ८३ लाख र कुल चालु दायित्व ३६ करोड २१ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ३.९८ रुपैयाँ , प्रतिसेयर नेटवर्थ १०५.२८ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४०३.७४ रुपेयाँ र तरलता अनुपात १.२४ प्रतिशत कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.