काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको २२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको उक्त सभा आज चितवनको सौराहामा सम्पन्न भएको हो ।
उक्त सभाले गत आव २०७९/८० को वार्षिक प्रतिवेदन पारित गरी आव. २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु संगै सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५२६३२ प्रतिशत नगद लाभांश तितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । बोनस सेयर पश्चात संस्थाको चुक्ता पूँजी रु. १ अर्व ७० करोड ६१ लाख ९६ हजार पुगेको छ ।
संस्थाका सञ्चालक समितिका अध्यक्ष दिपक खनालको अध्यक्षतामा सम्पन्न उक्त सभामा आव. २०७९/८० को वार्षिक प्रतिवेदनमाथि सहभागी सेयरधनीहरुले राखेका जिज्ञासाहरुको जवाफ अध्यक्षले दिएका थिए ।
साथै, सभामा प्रमुख कार्याकारी अधिकृत शेषरमण आचार्यले स्वागत मन्तब्य राखेको थिए,भने कार्यक्रम सञ्चलन कम्पनी सचिव ज्ञानेन्द्र अर्यालले गरेका थिए । राष्ट्रियस्तरको कार्यक्षेत्र भएको डिप्रोक्स लघुविको ७३ जिल्लामा १५६ शाखा कार्यालय मार्फत २ लाख ६६ हजार घर परिवारलाई वित्तीय सेवा प्रदान गरिरहेको छ ।