डिप्रोक्स लघुवित्तको छात्रवृत्ति कार्यक्रमबाट विद्यार्थी लाभान्वित
काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले देशभरका आफ्ना १५८ वटा शाखा कार्यालयहरुको कार्यक्षेत्र भित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा विपन्न परिवारका जेहेन्दार र मिहिनेती १/१ जना विद्यार्थीहरुलाई डिप्रोक्स छात्रवृत्ति प्रदान गरेको छ ।

