मंगलवार, फाल्गुन ५,२०८२ 07:19:25
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 07:19:25
Bizshala
Global IME Bank Limited

डिप्रोक्स लघुवित्तको २४ औं वार्षिक साधारण सभा सम्पन्न

डिप्रोक्स लघुवित्तको २४ औं वार्षिक साधारण सभा सम्पन्न
Shivam Cement

काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको २४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको साधारण सभा पुस २८ गते सोमबार चितवनको सौराहामा सम्पन्न भएको हो । 

साधारण सभाले आव २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गरी आव २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु सँगै सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (बोनस सेयर र नगद लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । बोनस सेयर पश्चात यस संस्थाको चुक्तापूँजी रु.२ अर्ब ५ करोड ५१ लाख १४ हजार पुगेको छ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

संस्थाका सञ्चालक समितिका अध्यक्ष दिपक खनालको अध्यक्षतामा सम्पन्न २४ औं वार्षिक साधारण सभामा आव २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि सहभागी सेयरधनीहरुले राखेका जिज्ञासाहरुको अध्यक्षले स्पष्ट पारेका थिए ।

साथै, सभामा प्रमुख कार्यकारी अधिकृत शेषरमण आचार्यले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रम सञ्चालन कम्पनी सचिव ज्ञानेन्द्र अर्यालले गरेका थिए ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

संस्थापकतर्फ बाँकी अवधिको लागि नेपाल बैंक लिमिटेडको तर्फबाट प्रदिप कुमार पाठक र सर्वसाधारण तर्फ ३ जना सञ्चालकहरु क्रमशः शिवप्रसाद भट्टराई, आयुषी सापकोटा र पुष्करनाथ भण्डारी निर्विरोध निर्वाचित भएका थिए ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.