काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ‘ग्लोबल मनि विक–२०२६’ अन्तर्गत चेतनामूलल अभियान सम्पन्न गरेको छ ।
नेपाल राष्ट्र बैंक वित्तीय समावेशीता महाशाखाको निर्देशन बमोजिम संस्थाले बालबालिका तथा यूवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गदै वित्तीय ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने उद्देश्यका साथ हरेक वर्ष झै यस वर्ष पनि मार्च १६ देखि मार्च २२ (चैत्र २ देखि ८) गते सम्म ‘स्मार्ट मनि टक्स’ भन्ने मुल नाराका साथ ग्लोबल मनि विक मनाएको हो ।
संस्थाको प्रदेश कार्यालय अन्तर्गत रहेका २२ वटा शाखा कार्यालयहरुमा गरी जम्मा एक हजार ४९७ जना वालबालिका, यूवा तथा सदस्यहरुलाई चेतनामुलक अभियान मार्फत ग्लोबल मनि विक सम्पन्न गरेको हो ।
यस ‘ग्लोबल मनि विक’ अभियानमार्फत बालबालिका, युवा, सदस्य तथा समग्र समाजमा सकारात्मक सन्देश प्रवाह भएको ंसंस्थाले विश्वास लिएको छ ।

