काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। संस्थाले आव २०७९/८० का लागि प्रस्ताव गरेको कुल १०.५२ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।
लाभांस वितरण प्रयोजनका लागि संस्थाले भोलि(चैत १५ गते) एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै संस्थाद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य ठहरिनेछन्।
संस्थाको सञ्चालक समितिको बैठकले आव २०७९र८० १० प्रतिशत बोनस सेयर र ०.५२ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) वितरणको प्रस्ताव गरेको छ ।
यो संस्थाको आगामी चैत २५ गते आयोजना हुने संस्थाको २२ औं वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीलाई वितरण गरिनेछ।