मंगलवार, फाल्गुन ५,२०८२ 07:21:50
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 07:21:50
Bizshala
Global IME Bank Limited

डिप्रोक्स लघुवित्तको साधारण सभा पुस २८ गते, १५% लाभांश वितरणको प्रस्ताव पारित गरिने

डिप्रोक्स लघुवित्तको साधारण सभा पुस २८ गते, १५% लाभांश वितरणको प्रस्ताव पारित गरिने
Shivam Cement

काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तिय संस्था लिमिटेडको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले २४ औं साधारण सभा डाकेको छ । उक्त सभा पुस २८ गते चितवनको सौराहमा रहेको होटल सेभेन स्टारमा बिहान १० बजेदेखि सुरु हुनेछ ।  

सभामा गत आवका लागि प्रस्तावित १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत) गरी कुल १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।  

यस्तै बोनस सेयर जारीपश्चात जारी तथा चुक्तापूँजी बढाउने र अन्य कुनै उपयुक्त लघुवित्तसँग गाभ्नेरगाभिने तथा प्राप्तिसम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यस्तै सभामा आव २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरि पारित गर्ने, आव २०८१/८२ को लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तिय विवरणहरुमाथि छलफल गरि पारित गर्ने र आव २०८२/८३ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने तथा ४ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि संस्थाले पुस १६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै संस्थाद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.