मंगलवार, फाल्गुन ५,२०८२ 03:37:11
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 03:37:11
Bizshala
Global IME Bank Limited

डिप्रोक्स लघुवित्तको नाफामा १९७% को उछाल, ईपीएसमा पनि छलाङ

डिप्रोक्स लघुवित्तको नाफामा १९७% को उछाल, ईपीएसमा पनि छलाङ
Shivam Cement

 काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले चालु आवको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त अवधिमा संस्थाको खुद नाफा १९७.४४ प्रतिशतले बढेको छ ।  

संस्थाले २० करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो अघिल्लो आवको सोही अवधिसम्म भने संस्थाले ६ करोड ७९ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो ।  

यस्तै संस्थाले ५३ करोड ३५ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा २८.७१ प्रतिशतले बढी हो ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

संस्थाको खुद शुल्क तथा कमिशन आम्दानी भने ४ करोड ५९ लाख रुपैयाँबाट घटेर ४ करोड ४० लाखमा सीमित बनेको छ । यस्तै संस्थाको सञ्चालन मुनाफा भने ९करोड ७१ लाख रुपैयाँबाट घटेर २८ करोड ८१ लाख रुपैयाँ पुगेको छ ।  

संस्थाको खराब कर्जा अनुपात घटेको छ । अघिल्लो आवमा ९.०१ प्रतिशत रहेको संस्थाको खराब कर्जा अनुपात बढेर ८.७३ प्रतिशत पुगेको छ । त्यस्तै, संस्थाको सिडि रेसियो १११.८७ प्रतिशतबाट बढेर ११४.८७ प्रतिशत, बेस रेट १२.७७ प्रतिशतबाट घटेर ११.८१ प्रतिशत, कस्ट अफ फण्ड ८.३४ प्रतिशतबाट घटेर ७.१० प्रतिशत र स्प्रेड दर ६.६६ प्रतिशतबाट बढेर ७.७९ प्रतिशत पुगेको छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

सो अवधिसम्म संस्थाको वितरणयोग्य मुनाफा समेत बढेको छ । अघिल्लो आवमा ३६ करोड १६ लाख रहेको वितरणयोग्य मुनाफा बढेर ७५ करोड ९० लाख पुगेको छ । लाभांश क्षमता पनि २१.२० प्रतिशतबाट बढेर ४०.६३ रुपैयाँ पुगेको छ । संस्थाको रिटेन्ड अर्निङ ७५ करोड ९० लाख रुपैयाँ पुगेको छ भने रिभर्जको आकार १ अर्ब ५० करोड रुपैयाँ पुगेको छ ।  

संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) पनि १५.९४ रुपैयाँबाट बढेर ४३.२९ रुपैयाँ पुगेको छ । त्यस्तै, संस्थाको प्रतिसेयर नेवटर्थ २२१.२१ रुपैयाँ, तरलता अनुपात ५.२५ प्रतिशत, पीई रेसियो १८.६२ गुणा र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १४५२.४५ रुपैयाँ रहेको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.