काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले चालु आवको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त अवधिमा संस्थाको खुद नाफा १९७.४४ प्रतिशतले बढेको छ ।
संस्थाले २० करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो अघिल्लो आवको सोही अवधिसम्म भने संस्थाले ६ करोड ७९ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो ।
यस्तै संस्थाले ५३ करोड ३५ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा २८.७१ प्रतिशतले बढी हो ।
संस्थाको खुद शुल्क तथा कमिशन आम्दानी भने ४ करोड ५९ लाख रुपैयाँबाट घटेर ४ करोड ४० लाखमा सीमित बनेको छ । यस्तै संस्थाको सञ्चालन मुनाफा भने ९करोड ७१ लाख रुपैयाँबाट घटेर २८ करोड ८१ लाख रुपैयाँ पुगेको छ ।
संस्थाको खराब कर्जा अनुपात घटेको छ । अघिल्लो आवमा ९.०१ प्रतिशत रहेको संस्थाको खराब कर्जा अनुपात बढेर ८.७३ प्रतिशत पुगेको छ । त्यस्तै, संस्थाको सिडि रेसियो १११.८७ प्रतिशतबाट बढेर ११४.८७ प्रतिशत, बेस रेट १२.७७ प्रतिशतबाट घटेर ११.८१ प्रतिशत, कस्ट अफ फण्ड ८.३४ प्रतिशतबाट घटेर ७.१० प्रतिशत र स्प्रेड दर ६.६६ प्रतिशतबाट बढेर ७.७९ प्रतिशत पुगेको छ ।
सो अवधिसम्म संस्थाको वितरणयोग्य मुनाफा समेत बढेको छ । अघिल्लो आवमा ३६ करोड १६ लाख रहेको वितरणयोग्य मुनाफा बढेर ७५ करोड ९० लाख पुगेको छ । लाभांश क्षमता पनि २१.२० प्रतिशतबाट बढेर ४०.६३ रुपैयाँ पुगेको छ । संस्थाको रिटेन्ड अर्निङ ७५ करोड ९० लाख रुपैयाँ पुगेको छ भने रिभर्जको आकार १ अर्ब ५० करोड रुपैयाँ पुगेको छ ।
संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) पनि १५.९४ रुपैयाँबाट बढेर ४३.२९ रुपैयाँ पुगेको छ । त्यस्तै, संस्थाको प्रतिसेयर नेवटर्थ २२१.२१ रुपैयाँ, तरलता अनुपात ५.२५ प्रतिशत, पीई रेसियो १८.६२ गुणा र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १४५२.४५ रुपैयाँ रहेको छ ।

