सोमबार, असार २,२०८२ 01:50:57
  • सोमबार, असार २,२०८२ 01:50:57
Global IME Bank Limited

डिप्रोक्स लघुवित्तको नाफा र ईपीएस दुवै घट्यो, खराब कर्जा अनुपात ह्वात्तै बढ्यो

Hyundai Nepal
डिप्रोक्स लघुवित्तको नाफा र ईपीएस दुवै घट्यो, खराब कर्जा अनुपात ह्वात्तै बढ्यो
Nabil Bank Limited

काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा ८.८६ प्रतिशतले घटेको छ । संस्थाले चालु आवको तेस्रो त्रैमाससम्ममा २५ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने संस्थाले २७ करोड ७५ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।  

यो अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी भने वृद्धि भएको छ । तेस्रो त्रैमाससम्म संस्थाले ९७ करोड ९० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ४.०५ प्रतिशतले धेरै हो ।  

संस्थाको खुद सञ्चालन आम्दानी ०.८६ प्रतिशतले घटेर ९९ करोड ७१ लाख रुपैयाँ पुगेको छ । संस्थाको कर्मचारी खर्च ४६ करोड ९२ लाख ऋणात्मक र अन्य सञ्चालन खर्च १४ करोड २३ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ ।  

संस्थाको रिटेन्ड अर्निङ ३७ करोड ९६ लाख , र रिजर्भको आकार १ अर्ब २६ करोड ६९ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने संस्थाको रिजर्भको आकार १ अर्ब १८ करोड रुपैयाँमा सीमित थियो । संस्थाको चुक्तापूँजी १ अर्ब ७० करोड ६१ लाख रुपैयाँ रहेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

तेस्रो त्रैमाससम्म संस्थाको निक्षेप संकलन र कर्जा प्रवाह वृद्धि भएको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ९ अर्ब ४ करोड रुपैयाँ रहेको निक्षेप संकलन बढेर  ९ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ ।  

त्यस्तै कर्जा प्रवाह पनि १९ अर्ब ९४ करोड रुपैयाँबाट बढेर २२ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । संस्थाको वितरणयोग्य मुनाफा ३७ करोड ९६ लाख रुपैयाँ रहेको छ ।  

संस्थाको इम्पेयरमेन्ट चार्ज १६ करोड ४० लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । संस्थाको खराब कर्जा अनुपात ह्वात्तै बढेको छ । संस्थाको खराब कर्जा अनुपात ४.४९ प्रतिशतबाट बढेर ८.२५ प्रतिशत पुगेको छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) घटेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म २४.२५ रुपैयाँ रहेको ईपीएस घटेर १९.७७ रुपैयाँमा सीमित बनेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.