काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तिय संस्था लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ५२ हजार ७३५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।
यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन् । सेयर खरिद गर्न चाहने संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजातसहित काठमाण्डौको सितापाइलामा रहेको कम्पनीको कर्पोरेट कार्यालयमा आवेदन दिनुपर्नेछ ।
आवेदन दिदा के कति दरमा खरिद गर्न चाहने हो सो उल्लेख गर्नुपर्ने संस्थाले जनाएको छ ।
निर्धारित समयभित्र आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।