काठमाण्डौ। नेको इन्सुरेन्स लिमिटेडको वार्षिक साधारणसभा आज आयोजना हुँदैछ । सभा काठमाण्डौको नक्सालमा रहेको लिसरा रिसेप्सनमा आयोजना हुनेछ ।
कम्पनीले लाभांश वितरण नगर्ने निर्णय गरेकाले उक्त सभामा लाभांशको कुनै अजेण्डा पेश गरिने छैन ।
सभामा आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै सोहि अवधिको नाफा नोक्सान,नगद प्रवाह विवरण लगायतका अन्य वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनेछ ।
यस्तै,संस्थापक समूहबाट १ जना महिलासहित २ जना र सर्वसाधारण समूहबाट ३ जना गरी कुल ५ जना सञ्चालक निर्वाचनको प्रस्ताव समेत पारित गरिनेछ ।
वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले गत माघ २ गते बुक क्लोज गरिसकेको छ ।