नेको इन्सुरेन्सको सञ्चालकमा पोखरेल नियुक्त
काठमाण्डौ । नेको इन्सुरेन्स लिमिटेडको सञ्चालक समितिमा कृषि विकास बैंक लिमिटेडको प्रतिनिधिका रूपमा मिनराज पोखरेल नियुक्त भएका छन्।यसअघि कृषि विकास बैंक लिमिटेडका तर्फबाट प्रताप सुवेदीले नेको इन्सुरेन्सको सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका थिए। बैंकले उनको स्थानमा बाँकी कार्यकालका लागि मिनराज पोखरेललाई सञ्चालकका रूपमा मनोनयन गरी पठाएको हो।

