काठमाण्डौ । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले निष्कासन गरेको हकप्रद सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरिएको छ । २०८१ माघ १७ गतेसम्म कायम सेयरधनीहरुलाई चुक्तापूँजीको २५ प्रतिशतको अनुपातमा निष्काशन गरिएको हकप्रद सेयर नेपाल स्टक एक्सचेन्ज र सिडिएस एण्ड क्लियरिङमा सुचिकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था भएको कम्पनीले जनाएको छ ।
उक्त हकप्रद प्रयोजनको लागि २०८१ माघ १७ गतेसम्म आफ्नो भौतिक सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुलाई उक्त हकप्रद सेयर हितग्राही खातामा नै जम्मा गरिएको कम्पनीले जनाएको छ ।
साथै, कम्पनीको सेयर धितो बन्धक राखी कर्जा लिएका सेयरधनीले सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुबाट स्वीकृत वा फुकुवापत्र लिई पेश गरे पश्चात मात्र खातामा सो हकप्रद सेयर जम्मा गरिने कम्पनीले उल्लेख गरेको छ ।