सोमबार, असार २,२०८२ 11:09:59
  • सोमबार, असार २,२०८२ 11:09:59
Global IME Bank Limited

नेको इन्स्योरेन्सले कमायो ६८.५७ करोड खुद नाफा, ईपीएस कति ?

Hyundai Nepal
नेको इन्स्योरेन्सले कमायो ६८.५७ करोड खुद नाफा, ईपीएस कति ?
Nabil Bank Limited

काठमाण्डौ । नेको इन्स्योरेन्स लिमिटेडले गत आवको चौथौ त्रैमाससम्म ६८ करोड ५७ लाख रुपैयाँबरारको खुद नाफा आर्जन गरेको छ । यो रकम कम्पनीले अघिल्लो आवमा आर्जन गरेको तुलनामा २.७४ प्रतिशतले कम हो । अघिल्लो आवको चौथौ त्रैमससम्म कम्पनीले ७० करोड ५० लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।  

कम्पनीले समीक्षा अवधिसम्म १ अर्ब ६६ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधकिो तुलनामा ७.३३ प्रतिशतले कम हो । कम्पनीले अघिल्लो आवको चौथो त्रैमाससम्ममा १ अर्ब ७९ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यस्तै कम्पनीको अन्य प्रत्यक्ष आम्दानी १ करोड ६६ लाख र लगानी तथा कर्जा आम्दानी ४२ करोड ५८ लाख रुपैयाँ रहेको छ ।  

कम्पनीको कुल आम्दानी २ अर्ब ५२ करोड रुपैयाँ रहेको छ । यो रकम अघिल्लो आवको तुलनामा ३.९० प्रतिशतले कम हो । चौथो त्रैमाससम्म कम्पनीले ७४ करोड ७८ लाख रुपैयाँबराबरको खुद दाबी भुक्तानी गरेको छ ।  

कम्पनीले यो अवधिसम्म १ अर्ब ५२ करोड रुपैयाँबराबरको कुल खर्च गरेको छ । जुन अघिल्लो आवको तुलनामा ५.५३ प्रतिशतले कम हो ।  

कम्पनीको महाविपत्ती कोषको आकार १४ करोड ५५ लाख र रिटेन्ड अर्निङ ५६ करोड ७८ लाख रुपैयाँबराबर रहेको छ । यस्तै स्पेशल रिजर्भमा २ अर्ब ९ करोड रुपैयाँ सञ्चित रहेको छ ।    

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) घटेको छ । कम्पनीको ईपीएस ३५.०३ रुपैयाँबाट घटेर ३४.०७ रुपैयाँ कायम भएको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ २७२.८१ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४८८.३० रुपैयाँ र मूल्य आम्दानी अनुपात २४.५३ गुणा कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.