काठमाण्डौ । नेको इन्सुरेन्स कम्पनी लिमिटेडले बीमा दाबी सम्बन्धी कागजात पेश गरी तत्काल दाबी भुक्तानी रकम लिन आह्वान गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै यस्तो जनाएको हो ।
कम्पनीले कम्पनीबाट जारी भएका बीमालेख अन्तर्गत पर्न आएका बीमा दाबी सम्बन्धमा क्षती मूल्यांकनका लागि बुझाउन बाँकी आवश्यक कागजातहरु सम्बन्धित सर्भेयरलाई वा कम्पनीमा अन्तिम माग गरेका तर बुझाउन बाँकी रहेका बीमा दाबी सम्बन्धी सम्पूर्ण आवश्यक कागजात बुझाउन आग्रह गरेको हो ।
उक्त कागजात कम्पनीको केन्द्रीय कार्यालय वा शाखा कार्यालयहरुमा सूचना प्रकाशित भएको ३५ दिनभित्र बुझाउनु कम्पनीले जनाएको छ ।
तोकिएको मितिभित्र कागजातहरु प्राप्त नभएमा उक्त दाबी फाइलहरु बन्द गरिने कम्पनीले जनाएको छ ।