आईतवार, मंसिर १३,२०८३ 09:39:35
  • आईतवार, मंसिर १३,२०८३ 09:39:35
Global IME Bank Limited

नेको इन्स्योरेन्सको २.२५ लाख कित्ता अवितरित हकप्रद सेयरमा आजदेखि आवेदन दिन सकिने

Bizshala
नेको इन्स्योरेन्सको २.२५ लाख कित्ता अवितरित हकप्रद सेयरमा आजदेखि आवेदन दिन सकिने
New Office

काठमाण्डौ । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको २ लाख कित्ता बढी अवितरित हकप्रद सेयरमा आजदेखि आवेदन दिन सकिने भएको छ । कम्पनीले गत फागुन ८ गतेदेखि १४ गतेसम्म १ः०.२५ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको २ लाख २५ हजार २६१.३५ कित्ता सेयर लिलामीमातर्फ बिक्रीमा राखेको हो ।    

जसमध्ये संस्थापक समूहको ४३ हजार ७७९.५२ कित्ता र सर्वसाधारण समूहको १ लाख ८१ हजार ४८१.८३ कित्ता सेयर रहेको छ ।  

CG Motors
Garima Development Bank
Muktinath Bikas Bank Limited

यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलकबोल पेश गर्दा संस्थापक समूहतर्फ न्यूनतम १ हजार कित्ता र सर्वसाधारण समूहतर्फ १०० कित्ताका लागि आवेदन दिन सकिनेछ । अधिकतममा भने सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ ।  

लगानीकर्ताले सानिमा क्यापिटलको नक्साल कार्यालय,विराटनगर,विर्तामोड, विरगञ्ज,जनकपुर, हेटौडा र पोखरा शाखा कार्यालय तथा नेको इन्स्योरेन्सको बाग्लुङ,बुटवल,घोराही, नेपालगंज, विरेन्द्रनगर,धनगढी र महेन्द्रनगर शाखा कार्यालयमार्फत बोलपत्र आवेदन पेश गर्नुपर्नेछ ।  

बोलपत्र आवेदन पेश गर्ने अन्तिम मिति वैशाख २१ गते रहेको छ । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.