काठमाण्डौ । नेको इन्सुरेन्स कम्पनी लिमिटेडले बीमा दाबी सम्बन्धी कागजात पेश गरी तत्काल दाबी भुक्तानी रकम लिन आह्वान गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै यस्तो जनाएको हो ।
कम्पनीले गत वैशाख मसान्तसम्ममा पर्न आएका बीमा दाबी सम्बन्धमा हालसम्म कम्पनी वा दाबी फछ्र्यौट गर्न आवश्यक कागजातहरु पेश नभएको वा कम्पनीको समर्पकमा नआएका बीमितहरुलाई सम्पूर्ण आवश्यक कागजात बुझाउन आग्रह गरेको हो ।
यस्ता बीमितहरुलाई आवश्यक कागजातसहित सूचना प्रकाशित भएको १५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय वा पायक पर्ने शाखा कार्यालयहरुमा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ ।
तोकिएको मितिभित्र कागजातहरु प्राप्त नभएमा बीमितका बीमा दाबी फाइलहरु बन्द गरिने कम्पनीले जनाएको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                