सोमबार, बैशाख ७,२०८३ 12:11:22
Bizshala
  • सोमबार, बैशाख ७,२०८३ 12:11:22
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

खर्च र दाबी भुक्तानी बढ्दा नेको इन्स्योरेन्सको नाफा १९.९६% ले घट्यो

Bizshala
खर्च र दाबी भुक्तानी बढ्दा नेको इन्स्योरेन्सको नाफा १९.९६% ले घट्यो
Shivam Cement

काठमाण्डौ । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद बीमाशुल्क आर्जन सामान्य बढेको छ । तर खर्च र दाबी भुक्तानी वृद्धि हुँदा कम्पनीको खुद नाफा भने घटेको छ ।  

कम्पनीले आज सर्वाजनिक गरेको चालु आवको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा १९.९६ प्रतिशतले घटेको छ । यससँगै अघिल्लो आवको पहिलो त्रैमाससम्म ८ करोड ८० लाख रुपैयाँ रहेको कम्पनीको खुद नाफा ७ करोड ४ लाख रुपैयाँमा सीमित बनेको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यो अवधिमा कम्पनीले २८ करोड ५५ लाख रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ३.१२ प्रतिशतले बढी हो । कम्पनीको कुल आम्दानी भने ४९ करोड ८९ लाख रुपैयाँबराबर रहेको छ ।  

यस्तै कम्पनीको खुद दाबी भुक्तानी पनि २० करोड २९ लाख रुपैयाँबाट बढेर २३ करोड ३३ लाख रुपैयाँ पुगेको छ । कम्पनीको कुल खर्च पनि ३७ क।ोड ६ लाख रुपैयाँबाट बढेर ३९ करोड ८२ लाख रुपैयाँ पुगेको छ ।  

CG Motors
Garima Development Bank
IME remit

महाविपत्ती कोषमा १४ करोड ९१ लाख रुपैयाँ सञ्चित गरेको कम्पनीले रिटेन्ड अर्निङका लागि ५९ करोड ८८ लाख रुपैयाँको व्यवस्था गरेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) १४.०१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २७९.८१ रुपैयाँ, मूल्य आम्दानी अनुपात ६७.३९ गुणा र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ५७३.९९ रुपैयाँ कायम भएको छ । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.