बिहीबार, बैशाख ११,२०८२ 11:42:47
IME remit
  • बिहीबार, बैशाख ११,२०८२ 11:42:47
IME remit
Global IME Bank Limited

खर्च र दाबी भुक्तानी बढ्दा नेको इन्स्योरेन्सको नाफा १९.९६% ले घट्यो

Hyundai Nepal
खर्च र दाबी भुक्तानी बढ्दा नेको इन्स्योरेन्सको नाफा १९.९६% ले घट्यो
Nabil Bank Limited

काठमाण्डौ । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद बीमाशुल्क आर्जन सामान्य बढेको छ । तर खर्च र दाबी भुक्तानी वृद्धि हुँदा कम्पनीको खुद नाफा भने घटेको छ ।  

कम्पनीले आज सर्वाजनिक गरेको चालु आवको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा १९.९६ प्रतिशतले घटेको छ । यससँगै अघिल्लो आवको पहिलो त्रैमाससम्म ८ करोड ८० लाख रुपैयाँ रहेको कम्पनीको खुद नाफा ७ करोड ४ लाख रुपैयाँमा सीमित बनेको छ ।  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

यो अवधिमा कम्पनीले २८ करोड ५५ लाख रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ३.१२ प्रतिशतले बढी हो । कम्पनीको कुल आम्दानी भने ४९ करोड ८९ लाख रुपैयाँबराबर रहेको छ ।  

यस्तै कम्पनीको खुद दाबी भुक्तानी पनि २० करोड २९ लाख रुपैयाँबाट बढेर २३ करोड ३३ लाख रुपैयाँ पुगेको छ । कम्पनीको कुल खर्च पनि ३७ क।ोड ६ लाख रुपैयाँबाट बढेर ३९ करोड ८२ लाख रुपैयाँ पुगेको छ ।  

Muktinath Bikas Bank Limited

महाविपत्ती कोषमा १४ करोड ९१ लाख रुपैयाँ सञ्चित गरेको कम्पनीले रिटेन्ड अर्निङका लागि ५९ करोड ८८ लाख रुपैयाँको व्यवस्था गरेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) १४.०१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २७९.८१ रुपैयाँ, मूल्य आम्दानी अनुपात ६७.३९ गुणा र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ५७३.९९ रुपैयाँ कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.