काठमाण्डौ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको २६ औं वार्षिक साधारण सभा आगामी फागुन २० गते काठमाण्डौको लैनचौर ब्यांक्वेटमा आयोजना हुँदैछ ।
साविकको आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिएर आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी बनेको हो । मर्जरपश्चात भने यो कम्पनीको पहिलो साधारण सभा हो ।
उक्त सभामा सेयरधनीहरुलाई कुनै पनि लाभांशको प्रस्ताव पेश गरिने छैन । सभामा कम्पनीको संशोधित नियमावली तथा प्रबन्धपत्रमा नियमनकारी निकायबाट कुने फेरबदल गर्न निर्देशन आएमा सोहि बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।
सभामा ४ जना संस्थापक(१ महिलासहित) तथा २ जना सर्वसाधारण समूहतर्फका सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गरिनेछ ।
वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १० देखि २० गतेसम्म बुक क्लोजको मिति तय गरेको छ ।