बीमा दाबी भुक्तानी लिन आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको आग्रह
काठमाण्डौ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दाबी भुक्तानी लिन आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै दाबी भुक्तानी प्रकृया अगाडि बढाउन आग्रह गरेको हो । कम्पनीका बीमितहरुको मिति २०८१ असोज मसान्तसम्ममा क्षति भई कम्पनीमा प्राप्त हुन आएको बीमा दाबी सम्बन्धमा हालसम्म सर्भेयर वा बीमा कम्पनीमा आवश्यक कागजात पेश नभएको र सम्पर्कमा नआएका...