बिहीबार, श्रावण १४,२०८३ 11:19:19
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 11:19:19
Bizshala
Global IME Bank Limited

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नाफामा उच्च गिरावट, ईपीएस ०.०२ रुपैयाँमा सीमित

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नाफामा उच्च गिरावट, ईपीएस ०.०२ रुपैयाँमा सीमित
New Office

काठमाण्डौ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको नाफामा उच्च गिरावट आएको  छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ४ लाख ३८ हजार मात्रै खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ९९.८३ प्रतिशतले कम हो ।

अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले २६ करोड ५१ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।

नाफा घटेपनि कम्पनीको खुद बीमाशुल्क आर्जन भने बढेको छ । अघिल्लो आवमा ९२ करोड ९१ लाख रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले चालु आवमा भने १ अर्ब ४ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ ।

यो अवधिमा कम्पनीको कुल खर्च बढेको छ । अघिल्लो आवमा १ अर्ब १४ करोड रहेको कम्पनीको कुल खर्च बढेर १ अर्ब ५७ करोड पुगेको छ । दाबी भुक्तानी समेत ६१ करोड ३० लाखबाट बढेर १ अर्ब ४ करोड पुगेको छ ।

कम्पनीको महाविपत्ती कोषमा ९ करोड ६१ लाख रुपैयाँ सञ्चित रहेको छ भने रिटेन्ड अर्निङ ५९ लाख ८४ हजार रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानीमा व्यापक गिरावट आएको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ११.६७ रुपैयाँ रहेको कम्पनीको ईपीएस घटेर ०.०२ रुपैयाँमा सीमित बनेको छ । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ १८२.७२ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४८३.२३ रुपैयाँ कायम भएको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.