बिहीबार, श्रावण १४,२०८३ 11:13:49
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 11:13:49
Bizshala
Global IME Bank Limited

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको एजीएम सम्पन्न, ६ जना सञ्चालक निर्बिरोध निर्वाचित

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको एजीएम सम्पन्न, ६ जना सञ्चालक निर्बिरोध निर्वाचित
New Office

काठमाण्डौ । आइजीआई प्रुडेन्सियल इन्स्योेरेन्स लिमिटेडको २६ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।  कम्पनीको साधारण सभा लैनचौर बैङ्क्वेट्स, लैनचौर, काठमाण्डौंमा सम्पन्न भएको हो ।

उक्त साधारण सभामा सम्पूर्ण सेयरधनीहरुलाई स्वागत गर्दै अध्यक्ष हेम राज ढकालले नेपाली बीमा बजारमा छुटृै पहिचान स्थापित गर्न गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको जानकारी दिए ।

अध्यक्ष ढकालले २०८० बैशाख २७ गतेबाट साविक आइएमई जनरल इन्स्योरेन्स लि र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी बीमा क्षेत्रमा सबैभन्दा छोटो समयमा मर्जर सम्पन्न गरी आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको नामबाट एकिकृत कारोबार गर्न सफलभएको र उक्त कार्यमा सहयोग गर्ने कम्पनीका सम्पूर्ण सेयरधनी, नियामकीय निकाय नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड, सिडिएस क्लियरिड लिमिटेड, स्वदेशी तथा विदेशी पूनर्बीमा कम्पनीहरु, पुनर्बीमा ब्रोकरहरु  लेखापरीक्षकहरु लगायत पत्रकार जगतलाई पनि धन्यवाद ज्ञापन गरे ।  

देशको समग्र आर्थिक गतिविधिलाई चलायमानबनाई राख्नको लागि ठूलाठूला मेगा प्रोजेक्टहरुको स्थापना हुनु पर्नेमा विशेष जोड दिर्दै अध्यक्ष हेमराज ढकालले नेपालमा विकास निर्माणको लागि सड्क, जलविद्युत, कृषि, पर्यटन तथा सूचना प्रविधिको क्षेत्रमा प्रचुर सम्भावना रहेकोले सरकारले उच्च प्राथमिकताका साथ लगानीमैत्रि वातावरणको सृजना गरी स्वदेशी तथा विदेशी लगानीलाई विशेष प्रोत्साहन गर्न सके देश भित्रै रोजगारीको सृजना भई देश आर्थिक सम्बृद्धिको बाटोमा लम्कने बताए ।  

देशको आर्थिक विकासमा बीमाको ठूलो योगदान रहेको र बीमाले आर्थिक तथा वित्तीय सुरक्षा प्रदान गर्छ भन्ने चेतनाको विकास समाजका हरेक तह र तप्कामा गराउन सकिएमा नेपाली बीमा बजार अझै फराकिलो हुने र बीमाको दायरमा वृद्धि भई व्यावसाय र मुनाफामा वृद्धि हुने धारणा उनले व्यक्त गरे ।

सो साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष हेमराज ढकालद्धारा प्रस्तुत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।

कम्पनीको २६ औं बार्षिक साधारण सभाबाट आगामी ४ बर्षको लागि संस्थापक समूहबाट हेमराज ढकाल, विशाल अग्रवाल, अम्बिकाप्रसाद पौडेल र कृति टिवडेवाल साथै सर्वसाधरण समूहबाट राजेन्द्र सिंह भण्डारी र अमित अग्रवाल सञ्चालक पदमा निर्बिरोध निर्वाचित भएका छन् ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.