Bizshala
  • बुधबार, भाद्र २४,२०८३ 06:24:13
Bizshala
Global IME Bank Limited

सेयरधनी निराश बनाएको आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका कर्मचारी भने मालामाल, १९% ले बढ्यो बोनस रकम

सेयरधनी निराश बनाएको आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका कर्मचारी भने मालामाल, १९% ले बढ्यो बोनस रकम
New Office

काठमाण्डौ । गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगरी सेयरधनीलाई निराश बनाएको आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले आफ्ना कर्मचारीलाई भने मालामाल बनाएको छ ।  

साविक आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स एकआपसमा मर्ज भई बनेको आइजीआई प्रुडेन्सियलले गत आर्थिक वर्षमा आफ्ना कर्मचारीको सुविधा बापत २४ करोड ४५ लाख रुपैयाँ खर्च गरेको छ । जुन यो अघिल्लो वर्षको तुलनामा २३.४७ प्रतिशतले बढी हो ।  

अघिल्लो वर्षमा कम्पनीले कर्मचारी सुविधाका लागि १९ करोड ८० लाख रुपैयाँ खर्च गरेको थियो । बीमा कम्पनीहरुले आफ्ना कर्मचारीहरुलाई सुविधा दिन ‘कर्मचारी सुविधा खर्च’ शीर्षक राखेर रकम छुट्याएको हुन्छ । यस्ता खालका रकम नगद वा गैह्र–नगद पनि हुन सक्छ ।  

कर्मचारी सुविधा खर्चभित्र कर्मचारीको तलब, बोनस रकम, स्वास्थ्य बीमा, चाडपर्व भत्ता, तालिम खर्च तथा लत्ताकपडा ९युनिफर्म० यावतका विषयहरु पर्छन् ।  

आर्थिक वर्ष २०७९/८० मा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले कर्मचारीलाई दिने बोनस रकम मात्रै १९.७६ प्रतिशतले बढाएको छ । आव २०७८/७९ मा कर्मचारीलाई २ करोड २७ लाख रुपैयाँ बोनस बाँडेको कम्पनीले गत आवमा २ करोड ७२ लाख रुपैयाँ बोनस वितरण गरेको छ ।  

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

साथै कर्मचारी तलब बापत कम्पनीले ९ करोड ३ लाख ५७ हजार रुपैयाँ खर्च गरेको छ । अघिल्लो आवको तुलनामा गत आवमा तलब समेत १९।५६ प्रतिशतले बढेको छ । सो आवमा कम्पनीले कर्मचारी तलबमा ७ करोड ५५ लाख रुपैयाँ खर्चेको थियो ।  

त्यस्तै, चाडपर्व तथा अन्य भत्ता स्वरुप कम्पनीले गत आवमा ६ करोड ९१ लाख रुपैयाँ खर्च गरेको छ । जुन यो अघिल्लो आवको तुलनामा १८.६९ प्रतिशतले बढी हो । सो आवमा कम्पनीले कर्मचारीलाई चाडपर्व तथा अन्य भत्तास्वरुप ५ करोेड ८२ लाख रुपैयाँ खर्च गरेको थियो ।  

त्यस्तै, कम्पनीले सामाजिक सुरक्षा कोष, अन्य कोष, कर्मचारी तालिम, युनिफर्म खर्च, स्वास्थ्य उपचार र बीमा खर्च र विदा भत्ता र खाना खर्च स्वरुप ५ करोड ७७ लाख रुपैयाँ छुट्याएको छ । जुन यो अघिल्लो वर्षको तुलनामा २३३.७७ प्रतिशतले बढी हो । सो वर्षमा कम्पनीले यस्ता विषयमा १ करोड ७३ लाख रुपैयाँ खर्चेको थियो ।  

आर्थिक वर्ष २०७८/७९ मा कम्पनीले मार्केटिङ भत्ता, सवारी साधन भत्ता र फोर्स लिभ भत्ता स्वरुप १ करोड ४८ लाख रुपैयाँ खर्च गरेको थियो ।  

कम्पनीमा व्यवस्थापन स्तरका कर्मचारीको संख्या ५८ गरी कुल कर्मचारी संख्या ५०० छ । कम्पनीले गत आवमा ४१ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । उल्लेख्य नाफा कमाउँदा पनि कम्पनीले सेयरधनीहरुलाई हिस्स बनाएको छ । सो आवको मुनाफा कम्पनीले संचित गरी राख्ने नेप्सेसमक्ष जानकारी गराएको थियो ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.