मंगलवार, आश्विन १३,२०८३ 11:26:30
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 11:26:30
Bizshala
Global IME Bank Limited

आइजीआई प्रुडेन्सियलद्वारा विश्व वातावरण दिवसमा वृक्षारोपण तथा साइकल र्यालिको आयोजना

Bizshala
आइजीआई प्रुडेन्सियलद्वारा विश्व वातावरण दिवसमा वृक्षारोपण तथा साइकल र्यालिको आयोजना
New Office

काठमाण्डौ । आइजीआई पु्रडेन्सियल इन्स्योरेन्स लिमिटेडले विश्व वातावरण दिवसको अवसरमा ५ मे २०२४ का दिन वृक्षारोपण तथा साइकल र्यालीको आयोजना गरेको छ । कम्पनीले केन्द्रिय कार्यालय, नारायणचौर, नक्शाल,काठमाण्डौबाट शुरु गरी नारायणचौर, नक्शाल भवगतीवहाल, चारखाल, पुतलीसडक, प्रदर्शनीमार्ग भद्रकाली, माईतीघर, त्रिपुरेश्वर, रत्नपार्कबाट दरवारमार्ग हुँदै पुनः नारायणचौरसम्म साइकल र्यालीको आयोजना गरेको हो ।  

उक्त अवसरमा वातावरणलाई स्वच्छ राखौं, हाम्रो धर्ती हाम्रो जीवन, नेपाल आमाको जयहोस, जीवनभर वातावरणमैत्री कार्यमा हात बढायौं, प्रकृति प्रेमीलाई जीवनभर दुःख हुँदैन, सफा आकाश र सफा हृदय मानिसको पहिचान हो जस्ता नारासहित विश्व वातावरण दिवस भव्य रुपमा मनाइएको कम्पनीले जनाएको छ । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेश भक्त बादे श्रेष्ठलगायत कर्मचारीहरु, अभिनेत्री–साहसी पर्वतारोही तथा समाजसेवी छिरिङ्ग शेर्पा,लायन्स क्लबअफ काठमाण्डौ पिस आइडलका पदाधिकारी तथा प्रतिनिधीहरु तथा स्पार्क ग्रुपका प्रतिनिधीको उपस्थिति थियो ।

उक्त कार्यक्रमको समापन समारोहका अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले वातावरण जोगाऊ, साईकलको प्रयोग गरौ, स्वस्थ्य भएर जीवन जीऔं भन्ने भावका साथ लाईन्स क्लब अफ काठमाण्डौ पिस आइडियलका प्रतिनिधीहरुलाई विभिन्न जातजातका बिरुवाहरु हस्तान्तरण गरेका थिए । 

आइजीआई पु््रडेन्सियलले सम्पत्ती, सामुन्द्रिक मोटर, इन्जिनियरिङ, हवाई, कृषि तथा पशुपन्छि, स्वास्थ्य, लघु लगायत थुप्रै विविध बीमाहरु मार्फत देशको सातवटै प्रदेशहरुमा रहेका ८० भन्दा बढी शाखा तथा सम्पर्क कार्यालयहरुबाट सेवा प्रदान गर्दै आईरहेको छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.