बिहीबार, श्रावण १४,२०८३ 11:11:50
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 11:11:50
Bizshala
Global IME Bank Limited

बीमा दाबी भुक्तानी लिन आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको आग्रह

बीमा दाबी भुक्तानी लिन आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको आग्रह
New Office

काठमाण्डौ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दाबी भुक्तानी लिन आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै दाबी भुक्तानी प्रकृया अगाडि बढाउन आग्रह गरेको हो ।  

कम्पनीका बीमितहरुको मिति २०८१ असोज मसान्तसम्ममा क्षति भई कम्पनीमा प्राप्त हुन आएको बीमा दाबी सम्बन्धमा हालसम्म सर्भेयर वा बीमा कम्पनीमा आवश्यक कागजात पेश नभएको र सम्पर्कमा नआएका बीमितहरुलाई यस कम्पनीबाट प्रथम पटक प्रकाशित सूचनाको मितिले २१ दिन भित्र आवश्यक कागजातसहित कम्पनी वा सम्बन्धित सर्भेयरसँग सम्पर्क गरि दाबी भुक्तानी प्रकृया अगाडि बढाउन कम्पनीले आग्रह गरेको छ ।  

तोकिएको समयभित्र आवश्यक कागजात सहित सम्पर्कमा नआएका बीमा दाबीका फाईलहरु बन्द गरिने व्यहोरा समेत कम्पनीले सूचनामार्फत जनाएको छ। दाबी दर्ता भई आवश्यक कागजातहरु प्राप्त हुन बाँकी बीमादाबीको विवरण कम्पनीको वेभसाइटमा प्रकाशित गरिएको समेत कम्पनीले जानकारी दिएको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.